काठमाडौं : नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।
यससँगै सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० पुगेको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।
यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।





