राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोड्ने निर्णय गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समानुपातिकतर्फको जसरी पनि व्यवस्थापन गर्ने बताएका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा समानुपातिकतर्फको मतदान के हुन्छ भन्ने विषयमा उनले भने, ‘सकेसम्म व्यवस्थापन गर्छौँ, नत्र प्रत्यक्षतर्फ मात्र चुनाव लड्छौँ।’ उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गरी समानुपातिकतर्फको उम्मेदवार रास्वपामार्फत निर्वाचन आयोगमा बुझाएको थियो।
पार्टी एकता रास्वापले नै तोडेको आरोप कुलमानले लगाए । पदको कारण एकता नभाँडिएको उनको दाबी छ। मित्र शक्ति भएकाले रास्वपासँग भोलिका दिनमा सहकार्य हुन सक्ने घिसिङले बताए। पत्रकार सम्मेलनमा घिसिङले एक सय ६५ क्षेत्रमा नै उम्मेदवार उठाउने बताए। आफ्नो पार्टीलाई एकपटक मौका दिन उनले जनतासँग बारम्बार आग्रह गरेका थिए।





