मंसिरमै भित्रियो झन्डै २ खर्ब रेमिट्यान्स

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं:  चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामै करिब २ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार, गत मंसिर महिनामा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो। यो कात्तिक महिनाको तुलनामा करिब ५० अर्ब रुपैयाँले बढी हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार, कात्तिक महिनामा १ खर्ब ३३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो।

चालु आर्थिक वर्षको पाँच महिना (मंसिरसम्म) मा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो। अघिल्लो वर्ष मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड बराबर रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव मंसिरसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । गत आव यस्तो आप्रवाह ३।४ प्रतिशतले बढेको थियो । चालु आव मंसिरसम्म खुद द्वितीय आय ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड थियो ।

चालु आव मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १ लाख ७५ हजार ५ सय ९१ र पुनस् श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९ सय २४ छ ।

गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् १ लाख ९० हजार ३ सय ८४ र १ लाख ३५ हजार ४ सय २५ थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार