पृथ्वी जयन्तीमा अध्यक्ष ओलीको सन्देश ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य हुन जरुरी

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य हुन जरुरी भएको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै ओलीले भनेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना ।’

उनले रचना, निर्माण, विकास र संरक्षणको मनोबलले नै एकता दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार