गोरखा १ मा उम्मेदवारी दिने सुदन गुरुङको घोषणा

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं:  जेन-जी अभियन्ता सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत गोरखा पुगेको भिडियो सार्वजनिक गर्दै, गुरुङले आगामी निर्वाचनमा गोरखा क्षेत्र नं। १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले लेखेका छन्, “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।”

हालसम्म उनले कुन राजनीतिक दलबाट उम्मेदवारी दिने भन्ने विषय भने खुलाएका छैनन्।

गोरखा क्षेत्र नं। १ बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका थिए।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार