आज देशभरका उच्च अदालतहरुमा बारको विरोधसभा

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्न लागेको हो ।
चौथौं चरणको आन्दोलन अन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।
उच्च अदालत पाटनमा बारका अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनले नेतृत्व गर्दै हुनुहुन्छ । उच्च अदालत जनकपुरमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्ष विनोद शर्मा र सुरेन्द्रकुमार महतोले नेतृत्व गर्दै हुनुहुन्छ ।
महासचिव पौडेलका अनुसार इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्का तथा केन्द्रीय सदस्य खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नामले नेतृत्व गर्दै हुनुहुन्छ ।
यसैगरी, विराटनगर उच्च बारमा पूर्वउपाध्यक्षद्वय टीकाराम भट्टराई र सीताराम राई, राजविराज उच्च अदालतमा उपाध्यक्ष रामचन्द्रसिंह राजपुत, केन्द्रीय सदस्य पञ्जननारायण मण्डल र पूर्वसभासद् एकराज भण्डारी तथा वीरगञ्जमा पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वउपाध्यक्ष विनय सिंह र केन्द्रीय सदस्य भीमसेन बन्जराले प्रतिनिधित्व गर्ने महासचिव पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै हेटौँडा उच्च अदालतमा पूर्वमहासचिव विजयप्रसाद मिश्र र केन्द्रीय सदस्य भुवनप्रसाद निरौला, ओखलढुंगा इजलासमा केन्द्रीय सदस्यद्वय गंगासागर खत्री र अञ्जु कायस्थ, उच्च अदालत बुटवल इजलासमा केन्द्रबाट पूर्वउपाध्यक्ष घनश्याम पन्त, पूर्वकोषाध्ष्क्ष सविता भण्डारी बराल र केन्द्रीय सदस्य बालकृष्ण गैरेले नेतृत्व गर्दै हुनुहुन्छ ।
उहाँका अनुसार उच्च अदालत बार पोखरामा पूर्वअध्यक्ष शम्भु थापा, केन्द्रीय सदस्य कल्पना भण्डारी र पूर्वकेन्द्रीय सदस्य तुलसी भट्ट, बागलुङ उच्च अदालत बारमा उपाध्यक्ष सुरेन्द्र थापा, वरिष्ठ अधिवक्ताद्वय पदमनाथ शर्मा र रामप्रसाद घिमिरे, उच्च अदालत नेपालगञ्जमा उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष प्रेमबहादुर खड्का र पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, तुलसीपुर उच्च बारमा उपाध्यक्ष ईश्वरी भट्टराई, केन्द्रीय सदस्य शिवराज पण्डित र पूर्वउपाध्यक्ष प्रह्लाद कार्कीले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
महेन्द्रनगरमा उपाध्यक्ष रमेशप्रसाद विष्ट, दिपायलमा पूर्वपाध्यक्ष राजेन्द्रबहादुर साउद र रणबहादुर सिंह, सुर्खेत उच्च अदालत बारमा उपाध्यक्ष रक्षा बस्यालले विरोध सभाको नेतृत्व गर्ने बारका महासचिव पौडेलले जानकारी दिनुभयो
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं – पढाई सबैका लागी अनिवार्य हुन्छ । अझ पढ्एको कुरा सम्झनु...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं– परराष्ट्रमन्त्री नारायण खड्काको शपथ कानुनी स्रोतबिनै भएको भन्दै बदरको माग...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – आज बिहान (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट...
मङ्लबार, अशोज १२, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...