सामान्य उपचारका लागि बाहिरी मुलुककै भर पर्नुपर्ने बाध्यता – निकिता अग्रवाल

काठमाडौं – नेपालमा थुप्रै संख्यामा हेल्थ केयर सेन्टर खोलिएका भएपनि सेवाग्राहीमैत्री बन्न सकेको छैन । सर्वसाधरण नागरिकको लागि सामान्य उपचार तथा परामर्शका लागि पनि बाहिरी मुलुककै भर पर्नुपर्ने बाध्यता छ । यहाँ भएका कतिपय त्यस्ता केयर सेन्टर पनि उनीहरुको पहुँच बाहिर छन् ।
अहिले हरेक नेपालीका छोराछोरी विदेशी भुमिमै आफनो भविष्य सुनिश्चित गर्ने र उतै बस्न बढी रुचाउने गर्दछन् । ती मध्यम वर्गीय हुन या सम्पन्न परिवारका छोराछोरी, जोसुकै भएपनि नेपालमा केही गर्न सकिदैन भन्ने मनसाय पछिल्लो समयमा आएर केही कम भएको छ । यसको ज्वलन्त उदारण हो २९ वर्षीया डा। निकिता अग्रवाल । काठमाडौकै मुटु मानिने भगवती वहाल नक्सालमा अहिले सुविधा सम्पन्न र पारिवारिक वातावातरणमै सबै रोगको उपचार हुने उई केयर हेल्थ सेन्टर संञ्चालनमा आएको छ।१५ करोड लगानीमा शुरु गरिएको उक्त सेन्टरमा ६५ जनाको टिमसहित उई हेल्थ केयर सेन्टरकी प्रबन्ध निर्देशक अग्रवालले नेतुत्व गर्दैछिन् । काठमाडौंको व्यवसायिक घरानामा जन्मिएकी डा। अग्रवालले आधुनिक र सुविधा सम्पन्न हेल्थ केयर सेन्टरको अभाव मात्र महसुस गरिनन्, नेपालमा एकै छातामुनि सबै सुविधा दिनसके नेपालीले अन्त जान नपर्ने उनको बुझाई छ । अझ दन्त सेवामा हुने झन्झटले ‘सबै डेन्टल सम्बन्धि सेवाहरु एकै ठाउँमा दिने उदेश्यले हेल्थ केयर सेन्टरको स्थापना गरिएको सेन्टरकी प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिनुभयो ।
स्वदेशमै केही फरक र नौलो अत्याधुनिक प्रविधिसहितको व्यवस्थापनमा सुविधा सम्पन्न डेन्टलको स्थापना गर्ने प्रबन्ध निर्देशक अग्रवालको योजना छ । विभिन्न रोगसँग सम्बन्धित डाक्टर तथा परामर्शकर्तासहित प्याथोलोजी, फार्मेसी, डर्माटोलोजी, ओपिडी, गाइनो, कार्डियोलोजी, इन्ड्रोकाइनोलोजी, अर्थोपेडिक्स, फिजिसियन, फिजियोथेरापी, अल्ट्रासाउण्ड, एक्स–रे र अर्थोपेडिक्स लगायतका सेवा सेन्टरले दिइने उहाँले जानकारी दिनुभयो । एकै स्थानबाट सबै प्रकारका सुविधा दिने गरी सेन्टर स्थापना भएकाले सेन्टर सस्तो र सुविधायोग्य हुनेमा आफहरु विस्वास्त भएको सोही सेन्टरका प्रशासन प्रमुख विकास पडिण्तले जनाए ।
अहिले नेपालमा डेन्टल सम्बन्धि कतिपय सेवा लिन अन्य देशमा जानु पर्ने बाध्यता छ । तर त्यस्ता समस्या समाधान गर्न डेन्टल सम्बन्धि सम्पुर्ण सेवा एकै स्थानबाट हुने भएपछि सेवाग्राहीमा पनि ठुलो सहयोग पुग्ने आशा गरिएको छ । यता स्वदेशमा दन्त रोगबाट उपचार नपाएर अन्य देशमा जानुपर्ने समस्याको समाधान हुने प्रबन्ध निर्देशक अग्रवालले जना
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं – पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...
सोमवार, अशोज ११, २०७८

एजेन्सी – भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका...
सोमवार, अशोज ११, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...