“लेखक तथा निर्देशक छेतन गुरुङको मृत्यु”

काठमाडौ- चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए छन् ।
४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो । दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए ।
तत् पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् । गुरुङले चलचित्र क्लासिक, डायरी र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ ।
पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए । गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले...
बिहिबार, पुस २८, २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ...
आइतवार, जेष्ठ २२, २०७९

काठमाडौं – पढाई सबैका लागी अनिवार्य हुन्छ । अझ पढ्एको कुरा सम्झनु...
मङ्लबार, अशोज १२, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...