पुँजीबजारमा उच्च अंकको गिरावट, ७० अंकले घट्यो नेप्से

काठमाडौं -आइतबारदेखि नेप्से लगातार उच्च अंकले घट्दै आएको र साताको तेस्रो दिन आज पनि पुँजीबजारमा उच्च अंकको गिरावटले निरन्तरता पाएको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से ७०.०१ अंकले घटेको छ।
आइतबार ६१.२७ अंकले ओरालो लागेको नेप्से सोमबार ७३.०५ अंकले घटेको थियो।आज ७०.०१ अंकले घटेसँगै नेप्से २६१५.४० विन्दुमा ओर्लिएको छ। आज सबै उपसमूहको परिसूचक राताम्य बनेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्सेमा कारोबार पाँच अर्ब ७४ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। कूल १८६ वटा कम्पनीमध्ये १० वटाको मात्र सेयर मूल्य बढेको थियो। बाँकी १७३ कम्पनीको मूल्य नकारात्मक बनेको थियो।
आज कूल एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर ७५ हजार ३७४ पटक खरिद(बिक्री भएका थिए। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा ओर्लिएको छ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले पनि प्रतिकित्ता ९.९९ प्रतिशतका दरले कमाएका छन्। यता हिमालयन पावर पार्टनर लिमिटेड र नेपाल हाइड्रो डेभलभर लिमिटेडको कारोबारमा नकारात्मक सर्किट लागेको छ।
आज कुमारी बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। मंगलबार सुनको...
मङ्लबार, अशोज १२, २०७८

काठमाडौं – साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको...
सोमवार, अशोज ११, २०७८

काठमाडौं-आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट आज शनिबार अपरान्ह ४ बजे...
शनिबार, जेष्ठ १५, २०७८
ताजा खबर

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...
लोकप्रिय

हेटौंडा – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री...

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक...

काठमाडौं – नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा...

काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका...