नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायर खेल आज हुँदैछ ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।
अंक तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै र विराटनगर दोस्रो हुँदै क्वालिफायरमा पुगेका हुन्। लिग चरणका सात खेलमध्ये सुदूरपश्चिमले ६ जितेको थियो भने विराटनगरले ५ खेलमा जीत दर्ता गरेको थियो। सुदूरपश्चिमले लिगमा पराजय भोगेको एकमात्र टोली विराटनगर नै हो। विराटनगर भने चितवन टाइगर्स र लुम्बिनी]सँग पराजित भएको थियो।
आजको खेलमा जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ,भने पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।





