हुम्लामा लेक लागेर एक जनाको मृत्‍यु

Picture of API Online Khabar

API Online Khabar

हुम्ला: हुम्लामा लेक लागेर एक जनाको मृत्‍यु भएको छ । चीनको डिन्मो थिङ( थिङ काउन्टी (हरियाचोर) हाट बजारमा एकजना नेपालीको लेक लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाजुराको बुढीनन्दा नगरपालिका – ६ लाटो बस्तीका डबल बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार,उनी टाँके नाका हुँदै चीनको डिन्मो थिङ(थिङ काउन्टी पुगेका बेला लेक लागेर मृत्यु भएको हो ।

बाजुराबाट ८/९ जनाको टोली घटना स्थलतिर नेप्का गाउँ हुँदै बिहान हिडेका थिए । उनले भने, ‘बिहान नेप्का गाउँबाट उनका आफन्तहरू हिडेका थिए। तर चीनको डिन्मो थिङ-थिङ काउन्टी पुगेका बेला लेक लागेर मृत्यु भएको खबर छ।’

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार