धनगढी : स्वास्थ्य कार्यालय कैलालीले विद्युतीय रिक्सा चालक मजदुरहरूको स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम आज सम्पन्न गरेको छ।नसर्ने रोग निदानका लागि स्वास्थ्य परीक्षण भन्ने मूल भावका साथ विद्युतीय रिक्सा चालक मजदुर संघको समन्वयमा धनगढीउपमहानगरपालिका वडा नम्बर ८ सेतो पुलमा रहेको विद्युतीय रिक्सा चालक मजदुर संघको भवनमा दुई दिने स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम सम्पन्न गरेको हो।
स्वास्थ्य कार्यालय कैलालीले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले आमनागरिकको जीनवशैली, खानपान र रहनसहनबारे सचेत बनाउनुका साथै पछिल्लो समयमा दिनप्रतिदिन नसर्ने रोगले आमसमुदाय ग्रस्त बन्दै गएको र अझ यसमा सामान्य रूपमा दैनिकी रूपमा गुजारा गरेर जीविकोपार्जन गर्ने समुदाय बढी प्रकोपमा पर्ने भएकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय कैलालीका प्रवक्ता तथा सूचना अधिकारी मिनबहादुर धामीले बताएका छन्।
उनका अनुसार, पछिल्लो समयमा नसर्ने रोग सरुवा रोगभन्दा भयानक बन्दै गएकोले यस सम्बन्धमा सचेतना फैलाउन निकै आवश्यक रहेको हुँदा सुदूरपश्चिम सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य सेवाको पहुँचलाई आम नागरिक समक्ष पुर्याउने उदेश्यका साथ आज करिब २सय भन्दा बढी विद्युतीय रिक्सा चालकलाई स्वास्थ्य परीक्षण स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम अन्र्तरगत उच्चरक्तचाप, सुगर, तौल,उचाई, आवश्यकता अनुसार औषधीहरु प्रदान गरेको समेत प्रवक्ता धामीको भनाई छ।
दिन प्रतिदिन बढ्दै गइरहेको नसर्ने रोग प्रेसर सुगर क्यान्सर थाइराइड र श्वासप्रश्वास सम्बन्धी रोग हृदयघात लगायत विभिन्न जटिल खालका रोग लागेका बिरामी जसले नियमित रुपमा चेक जाँच तथा परीक्षण गर्न नसक्ने अवस्थामा रहेका हामी जस्ता आम समुदायका लागि यो कार्यक्रम निकै नै राम्रो रहेको विद्युतीय रिक्साचालक मजदुर संघका पदाधिकारीहरूको भनाइ छ।
उनीहरूका अनुसार स्वास्थ्य कार्यालय कैलालीद्वारा सञ्चालित यो कार्यक्रम आफ्ना लागि निकै फलदायक रहेको भन्दै धन्यवाद समेत दिएका छन्।
नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । केहि तथ्यांकहरु निकै सोचनिय छन । जनस्वास्थ्य क्षेत्रमा समस्या सकस लाग्दो छ, तर रोकथाम सामान्य छ । नेपाल STEPS सर्वेक्षण २०१९ को नतिजा अनुसार, अहिले सुदूर पश्चिम प्रदेशमा एकसयमा करिब २१ जनालाई उच्च रक्तचाप, एक,सयमा ४ जनालाई मधुमेह र त्यस्तै एक,सयमा मा करिब ३३ जना सुर्तीजन्य पदार्थको सेवन र एकसयमा १८ जनाले धुम्रपान गरिरहेका छन् । पहिलो पटक धुम्रपन गरिरहेकाको औषत उमेर १७ वर्ष रहेको छ । भने एक,सयमा मा ७ जनाले अत्याधिक मदिरा सेवन गरिर्हेका छन ।
यी त एक प्रतिनिधि सूचक मात्र हुन्। तथ्याङ्क हेर्दा पनि थाहा पाउन सकिन्छ, कि पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश पनि दिनानु दिनु एकदमै जोखिम तिर बढिरहेको छ। यसै तथ्याङ्क आधारमा मात्र अनुमान गरेर यसलाई निराकरण गर्न सम्बन्धित निकाय प्रदेश सरकार र आम जनसमुदाय पनि उत्तिकै जिम्मेवार हुन जरुरी छ।नत्र भने नसर्ने रोगले मात्रै पनि जनसमुदायलाई ठूलो असर पर्ने त देखिन्छ नै यसले स्वास्थ्य सम्बन्धी जटिलता पनि उत्तिकै गम्भीरता निम्त्याउने अनुमान पनि गर्न सकिन्छ।




