काठमाडौं : शुक्रबार सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बिहीबार २ हजार रुपैयाँले घटेको सुन आज २ हजार १ सयले बढेको हो। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार २ हजार १ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६७ हजार ८०० कायम भएको छ। बिहीबार प्रतितोला सुन २ लाख ६५ हजार ७०० पुगेको थियो।
यसदिन सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। एक तोला चाँदीको मूल्य ४ हजार ७८० रुपैयाँमा झरेको छ। बिहीबार सोही परिमाणको चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।





