सुनको मूल्य तोलामा २८ सयले बढ्यो

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।

यससँगै सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० पुगेको छ। यसअघि शुक्रबार  छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार