संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन : शेखर कोइराला

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं:नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्। बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएकोआरोप लगाए। फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने चेतावनी दिँदै उनले कांग्रेसले त्यसैकारण निर्वाचनमा जोड दिइरहेको स्पष्ट पारे।

नेता कोइरालाले कांग्रेसले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरे। यदि तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने उनको भनाइ छ।

उनले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुनसमेत आग्रह गरे।

फरक प्रसंगमा नेता कोइरालाले कांग्रेसको विधान अनुसार, शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने बताए। साथै, उनले तोकिएको समयमा नै कांग्रेसको महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार