काठमाडौं : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सत्य तथ्य के हो जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गरेका छन् ।
‘माननीय रवि लामिछाने जी जो यस सम्मानित सदनका सदस्य पनि हुनुहुन्थ्यो, उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’
साथै, उनले भिजिट भिसामा गएर सोही देशको नागरिकता लिन पाइन्छ कि पाइँदैन भन्ने प्रश्न पनि उठाएका छन्।