बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु

Picture of API Online Khabar

API Online Khabar

बझाङ: बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

जयपृथ्वी नगरपालिका-३, पानकोटमा सोमबार करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ घर भएका २० वर्षीय अनिल रानाको मृत्यु भएको हो। राना विद्युत सम्बन्धी काममा गर्थे।

रानालाई विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई  उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार