बझाङको एक सिरक उद्योगमा आगलागी

Picture of API Online Khabar

API Online Khabar

बझाङको सदरमुकाम चैनपुरमा रहेको देबिथान मन्दिर नजिकै सुर्मा देवी सिरक उद्योगमा आज बिहान करिब १० बजे आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार पसलमा विद्युत् तार सटिँदा आगो लागेको हो।

आगलागीका कारण पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ। पसलभित्र रहेका मेसिन, सिरक, लुगा-कपडा तथा अन्य सामग्रीहरू सबै नष्ट भएका छन्। आगो करिब आधा घन्टासम्म दन्केको थियो।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाका साथै जय पृथ्वी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब एक करोड भन्दा बढीको क्षति भएको छ। विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार