पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश,देशनै नबच्ने हो कि भन्ने चिन्ता पैदा भएको छ

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। नारायणहिटीबाट आफूहरू बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले भोगिरहेको संकटले आफूलाई चिन्तित बनाएको उनको भनाइ छ।

सन्देशमा उनले भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।”

पूर्वराजा शाहले राष्ट्रिय सहमति बिना समस्या समाधानको खोजी गर्नु समयको बर्बादी मात्रै हुने उल्लेख गर्दै देशका प्रमुख मुद्दामा साझा समझदारी आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार