नारीको मन किन सुनिदैन ? बलिदान माग्ने समाजको कठोर यथार्थ

Picture of API Online Khabar

API Online Khabar

नेपाली समाजमा पुरुष-महिला बराबरीका नारा धेरै सुनिन्छन्, तर व्यवहारमा हेर्ने हो भने आज पनि नारीप्रति न्याय छैन। किन नारीले मात्र बलिदान गर्नुपर्छरु किन सबै सहने र त्याग गर्ने कर्तव्य उसैलाई थोपारिन्छरु परिवार, विवाह, संस्कार—सबै क्षेत्रमा नारी नै समर्पणको प्रतीक मानिन्छ। तथ्यांक होइन, जीवनका हजारौँ भोगाइहरू नै प्रमाण छन्यो- समाजमा ८० प्रतिशत त्याग नारीले नै गर्छे।

जनआन्दोलनले देशको राजनीतिक संरचना बदलिएको थियो, तर मेरो जीवन त्यसैको छायाँमा चिरिएको थियो। त्यही वर्ष मेरो पतिको मृत्यु भयो। काखमा ६ महिनाको नानी, मनमा असह्य पीडा, र भविष्य एकदमै अनिश्चित। तर समाजले मेरो पीडा पढेन—समाजले मेरो आँसुमा शंका देख्यो। कामले ढिलो भएँ भने कानमा पर्थ्यो— “यति ढिलो किनरु कतै अरूसँग कुराकानी त होइनरु”कसैसँग सामान्य कुरा गरेँ भने निन्दाको तुफान चल्थ्यो। विधवा भएको क्षणदेखि म मान्छे होइन‘नियन्त्रण गर्नुपर्ने चरित्र’ बनेँ। नारीका लागि विधवा हुनु केवल वैवाहिक अवस्थाको परिवर्तन होइन—समाजको आँखामा संकुचित घेरामा बाँधिनु हो।

उही समाज, तर फरक व्यवहार

केही वर्षपछि मेरो आफ्नै घरमा अर्को दुःखद घटना भयो
दाजु ५५ वर्षका, भाउजू ४५ वर्षको उमेरमा बित्नुभयो। उनीहरूको नातिनी ५ वर्षकी मात्र थिइन्। र समाजले तत्कालै भन्न थाल्यो—“बिरामी पर्दा औषधि दिने मान्छे चाहिन्छ। छोराबुहारीले हेरिदैनन्, दाजुलाई दोस्रो विवाह गरिदिनुपर्छ।”एकै समाज, तर दुई ध्रुव–दुई मापदण्ड। यदि भाउजू बाँचेकी हुन्थिन् भनेरु समाजले भन्थ्यो—
“४५ वर्षकी महिलाले बिहे गर्नु हुन्न, घर–परिवारको मर्यादा भत्किन्छ।”पुरुषलाई नयाँ जीवन सुरु गर्न स्वतन्त्रता,नारीलाई भने बाँच्ने स्वतन्त्रतामै पहरा।

संस्कार–प्रथा जसले नारीलाई बाँधिरहन्छ

हाम्रा धेरै संस्कार–परम्पराले अझै नारीलाई बाँधिरहन्छ। विधवा भएको दिनदेखि नारीकहाँ सबै रंग मर्नुपर्छ,चुरा हटाउनुपर्छ, सिँगार रोकिनुपर्छ। तर पुरुष विधुर भए ? समाजले केही भन्दैन। उसले चाहे जसरी जीवन बाँच्न सक्छ, चाहे सजिन, चाहे रमाउन। किन ?

किनकि संस्कार स्वयं पुरुषकै आवश्यकता अनुसार ढलिएका छन्। नारीका इच्छा, चाहना, सौन्दर्य, स्वतन्त्रता,सबैलाई ‘संस्कार’ को नाममा दमन गरिन्छ। नारीको मन, पीडा र मौनताको गहिराइ कहिलेकाहीँ म आफैँलाई सोध्छु, नारीको मन भनेको के केवल सहने भाँडो हो ?

के उसको पीडा पानीजस्तै बगेर अन्तै कतै हराउनुपर्छरु नारीका आँसु देखेर समाजले सहानुभूति होइन, शंका गर्छ। बोली ऊँचो भयो भने बदनाम, चुप रह्यो भने कमजोर। एक नारीको चौतारो-उसको सहारा-मरेपछि उसको भावना, इच्छा, सपनासमेत समाजले गाडिदिन्छ। मेरो चौतारो मरेको दिनदेखि मसँग मन खोल्ने कोही थिएन। तर समाजलाई मेरो घाउभन्दा मेरो मुस्कानको अर्थबारे टिप्पणी गर्न धेरै चासो थियो।

मनको गहिरो सोच-विचार

मनले दिनहुँ भन्छ

“म पनि मान्छे हुँ, मलाई पनि साथ चाहिन्छ, मायाँ चाहिन्छ, सुन्ने एक जोडी कान चाहिन्छ।”तर समाज भन्छ “नारीको चाहना खतरनाक हो। उसले चाह्यो भने घर, परिवार, संस्कार सबै भत्किन्छ।” पुरुषले इच्छा राख्दा परिवार बच्छ, नारीले राख्दा परिवार भत्किन्छ

यो कसरी न्याय हो ?

कहिलेकाहीँ म आफैँलाई टाढाबाट हेर्छु-जसरी मान्छे फोटो हेरेर आफ्नो रुप चिन्छ-त्यसरी नै म आफ्ना घाउ, हलचल, मौनता, असहमति र विश्वासलाई हेर्छु। र बुझ्छु- समस्या नारीमा होइन, नारीलाई नबुझ्न चाहने समाजमा छ।२१औँ शताब्दी आएको छ, तर सोच अझै १९औँ शताब्दीमै अड्किएको छ आज हामी आधुनिकता, शिक्षा, समानताको कुरा गर्छौँ। तर व्यवहारमारु घर-परिवारका निर्णय, परम्परा, दृष्टिकोण-सबै ठाउँमा उही पुरानै सोच बाँचिरहेछ। नारीलाई चाहना राख्न दिँदैन, इच्छा व्यक्त गर्न दिँदैन, नयाँ जीवन सुरु गर्न दिँदैन ।तर पुरुषलाई यी सबै अधिकार स्वतन्त्र रूपमा दिइन्छ। दाजुको दोस्रो विवाहका खबरले मेरो मन रोयो। र म मनमनै भनिरहेँ- मलाई पनि जीवन बाँच्न मन थियो, तर समाजले नै रोकिदियो।” कहिलेकाहीँ मनमै भन्छु- थुक्क, यस्तो समाज-जहाँ नारीको पीडा सुन्न नसक्ने, तर निन्दा गर्न सधैँ तयार।”तर आज पनि मैले हार मानेकी छैन।

किन यो भेटभाव, किन यति विभेद ?

समाजले कति नै आधुनिकताको खोक्रो पोशाक लगाओस्, नारीका पीडा, नारीका आँसु र नारीका इच्छामाथिको प्रतिबन्ध अहिले पनि उही पुरानै गरीबी मानसिकताको पिँजडामा कैद छन्। भौतिक विकास अघि बढ्यो, भवन–सडक बन्यो, मोबाइल–इन्टरनेटले संसार सट्यो, तर एक कुरा भने सरेन-समाजको नारीप्रतिको दृष्टि। आज पनि नारीले चुकायो भने अपराध, पुरुषले चुकायो भने परिस्थितिको दोष। यही विडम्बना, यही भेटभाव हाम्रो समाजको कठोर यथार्थ हो। समाजले नारीलाई कहिल्यै मान्छेको रूपमा देखेन, उसलाई कहिल्यै सम्पूर्ण व्यक्ति मान्दैन, अझै पनि उसको मूल्य बलिदान, सहनशीलता र चुपचापपनको तराजुमा नापिन्छ।

नारीलाई जन्मेदेखि सिखाइन्छ-“सहनु, झुक्नु, चुप लाग्नु।” तर पुरुषलाई बताइन्छ-“बिस्तारै सबै मिल्छ, तिमी स्वतन्त्र छौ।”यही विभेद हरेक घर, हरेक गली, हरेक खोज, हरेक कथामा भेटिन्छ।

विधवा महिलाको पीडाको कुरा गरौँ।

पुरुषको मृत्यु भएपछि एउटी नारीले जीवनको सबै ढोका बन्द गर्नुपर्छ, इच्छा मर्नुपर्छ, रंग उत्रनुपर्छ, हाँसो–खुशीको अधिकार त्याग गर्नुपर्छ। समाज भन्छ—“अब तिमीले बाँकी जीवन बच्चाका लागि बाँच।” तर एउटै अवस्था पुरुषमा पर्‍यो भनेरु समाज नै अघि लागेर भन्छ—“जीवन त छ, साथ चाहिन्छ, फेरि बस।” यही समाज, यही मान्छे, तर नजरियामा आकाश–जमिनको फरक।

कहिलेकाहीँ नारी आफैँले आफैँलाई सोध्छ

“के मेरो मन छ कि छैन?”
“बोल्न मिल्दैन, रोएँ भने कमजोर, हाँसेँ भने चरित्रहीन
मेरो लागि त कोणै बाटो खुल्दैन। किन ?

त्यही घरमै उनका देवरबुहारी बितिन्—४५ वर्षको उमेरमा। ५५ वर्षका देवरलाई भने समाजले भोलिपल्टै दोस्रो विवाह गराइदियो। कारण एउटै—“छोरा–बुहारीले हेर्दैनन्, औषधि दिने मान्छे चाहिन्छ।” पुरुषको जीवन ‘आवश्यकता’ नारीको जीवन ‘मर्यादा’। यति ठूलो भेटभावको व्याख्या अरू के हुन सक्छरु

अब प्रश्न उठाउनैपर्छ ?

२१औँ शताब्दी आए पनि मानसिकता भने १९औँ शताब्दीमै अड्किएको छ। बराबरीका पोस्टर टाँसिन्छन्,
कानूनमा छानबिन हुन्छ, अभियान चल्छ,तर एकल नारीको आँसु देख्ने मान्छे छैन। नारीको मन, चाहना स्वीकार गर्ने हिम्मत कसैमा छैन।
कति पुस्तासम्म नारी पीडामा चिथोरिँदै बाँचिरहने ?
कति समयसम्म समाजले एकै घटनामा पुरुषलाई छुट र नारीलाई सजाय दिने ?
किन नारीको मन अहिले पनि तौलिनुपर्छ ?
किन नारीको खुशी समाजलाई चस्मा झैँ चुभिन्छ ?
किन नारीले मात्रै बलिदान, त्याग, मौनता र दोष बोक्नुपर्छ ?

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार