धनगढी उपमहानगरपालिकाद्वारा दलित छात्रालाई ‘टीकाराम पार्की छात्रवृत्ति’ प्रदान

Picture of API Online Khabar

API Online Khabar

धनगढीः धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रमअनुसार,माध्यमिक तह ९कक्षा ११र१२० तथा स्नातक तहमा अध्ययनरत दलित समुदायका छात्रा लक्षित गरी सञ्चालन गरेको दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम अन्तर्गत बिहीवार विभिन्न विद्यार्थीलाई कलेज तथा विद्यालय शुल्क हस्तान्तरण गरिएको छ।

नगर शिक्षा समितिको उपस्थितिमा अभिभावकसहित आयोजित कार्यक्रममा शिक्षा, विज्ञान, कृषि तथा कानुन संकायमा अध्ययनरत दलित छात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको हो।

छात्रवृत्ति पाउनेमा शिक्षा संकायतर्फ स्नातक तहमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत धनगढी(७ की मनिषा कुमारी सार्कीलाई पहिलो र दोस्रो सेमेस्टरको शुल्क प्रदान गरिएको छ। यस्तै, फूलवारी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत धनगढी(१८ फूलवारीकी सीमा विकलाई पहिलो वर्षको शुल्क, चन्द्रोदय माध्यमिक विद्यालय फूलवारीमा कक्षा ११ मा अध्ययनरत धनगढी(१८ की विसिका सुनारलाई एक वर्षको शुल्क तथा शारदा माध्यमिक विद्यालयमा कृषि विषयको प्राविधिक धारमा अध्ययनरत धनगढी(९ की आशिका कुमारी पार्कीलाई एक वर्षको शुल्क उपलब्ध गराइएको छ।

उपमहानगरपालिकाका अनुसार, दलित समुदायका छात्राको शैक्षिक पहुँच विस्तार तथा उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। छात्रवृत्ति प्राप्त विद्यार्थीको स्नातक तहसम्मको अध्ययन पूरा गर्न लाग्ने कलेज शुल्क उपमहानगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ।

छात्रवृत्ति योजनाअन्तर्गत आशिका कुमारी पार्कीलाई एक वर्षको शुल्कबापत ६२ हजार ५ सय रुपैयाँ, सीमा विकलाई पहिलो वर्षका लागि २३ हजार ५० रुपैयाँ, विसिका सुनारलाई ७ हजार ५७५ रुपैयाँ तथा मनिषा कुमारी सार्कीलाई दुई सेमेस्टरको शुल्कबापत ७ हजार २५० रुपैयाँ हस्तान्तरण गरिएको उपमहानगरपालिकाले जनाएको छ।

उपप्रमुख कन्दकला कुमारी राना र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती लगायतले विद्यार्थीलाई रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रमले दलित समुदायका छात्रालाई उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने र समावेशी शिक्षाको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार