धनगढीमा टाटा मोटर्सको ‘माघी एक्सचेन्ज उत्सव’

Picture of API Online Khabar

API Online Khabar

धनगढी:टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’आयोजना गर्ने भएको छ । उत्सव माघ १ देखि ३ गतेसम्म बोराडाँडीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुनेछ।

उत्सवमा टाटाका विभिन्न विद्युतीय सवारीसाधनको प्रदर्शन तथा टेस्ट ड्राइभको व्यवस्था गरिएको छ। टियागो ईभी,पन्च ईभी, नेक्सन के–३ ईभी र कर्भ ईभी जस्ता अत्याधुनिक मोडेलहरू प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ।

पुरानो सवारी साटेर नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकका लागि यो उत्सव विशेष अवसर हुने सिप्रदी ट्रेडिङको भनाइ छ।

उत्सव अवधिभर सहभागी ग्राहकलाई एक्सचेन्ज बोनस, एक्सेसरिज, लाइफटाइम निःशुल्क चार्जिङ, जडानसहितको निःशुल्क चार्जिङ बक्सका साथै विभिन्न छुट र उपहार प्रदान गरिने टाटा मोटर्स धनगढीकी प्रतिनिधि करिना अन्सारीले जानकारी दिइन्।

ग्राहकहरूले उत्सवस्थलमा सवारीसाधन अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ पनि गर्न सक्नेछन्।

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार