सुभाष सङ्कल्प भण्डारी/ लोकपरिकार भन्या कोइ लै देश, जाति या समुदायले परम्परागत रूपमी बनाउनै, खानै रे पुस्तौँदेखि संरक्षण अद्दै आया स्थानीय खानपीनलाई बुजिन्छ । इसा परिकारहरू स्थानीय स्रोत–साधन, भौगोलिक अवस्था, संस्कृति रे चालचलनसङ्ङ गहिरो रूपमी सम्बन्धित हुनाहान् । स्थानीय गाउँघरमी पाइने सागसब्जी, अन्न, तीउन, गोरस, भोजन परिकार इत्यादि लोकपरिकार हुन् । लोकपरिकारले हमरो स्थानीय संस्कार, रितिरिवाज रे परम्परालाई जनाउँछ । कोइ लै समुदाया पहिचान रे इतिहास देखाउँछ । लोकपरिकार हमरा काजबार रे सामाजिक धार्मिक संस्कारो प्रतीनिधित्व अद्दाहान् । हमरो आर्थिक रे भौगोलिक अवस्था दर्शाउनाहान् । लोकपरिकार खाली खाना परिकार मात्तरै नै हुन्, इन बाल्यकालो सम्राइ लाउने, घरपरिवारो माया जोड्डे, दुरिया आफनाहुने निज्क ल्याउने माध्यम लै हुन् ।
डोटेली लोकसङ्स्कृतीको महत्वपूर्ण पाटो लोकपरिकार लै हुन । लोकपरिकारले कोइ लै समाज रे समुदाया परम्परा, जीवनशैली, रहनसहनो पछ्यान दिन्छ । लोकपरिकार खाली खाद्य भोजन मात्तरै नै हुन, इन हमरा संस्कृती हुन्, हमरा जीवनशैलीका आधार हुन्, जीवन जिउने कला रे साधन हुन् । लोकपरिकारो सम्बन्ध लोकसंस्कृती रे लोकपरम्परासङ्ङ जोडिया हुन्छ । हामरा काजबार रे हामरो भोजन परिकारो सम्बन्ध लै घनिष्ट छ । काजबारबिना लोकपरिकार अपुरा हुनाहान् भने लोकपरिकार बिना काजबार निस्सेला लाग्दाहान् । तेइहुनाले काजबार रे लोकपरिकार एक दोसरा परिपुरक हुन्, कोइ लै समाजो आत्मा हुन् ।
काजबार मान्ने रे खाने दिन मात्तरै नै हुन्, इन त हमरा पुस्तौँदेखी पाक्दै रे खानै आया लोकपरिकार जोगाउने, संस्कार रे संस्कृती बाण्णे दिन हुन् । दुर दुर भया घरपरिवार रे आफनाहुनेइ भिट अराउने मौका लै हुन काजबार । इजाले चेलिलाइ, बाले चेलालाइ, सासुले ब्वारीलाई आफना लोकपरिकार बनाउन रे पकाउन सिकाउने अवसर लै हुन काजबार । काजबारले हमरा लोकपरिकार पकाउने सिपलाई एक पुस्ताबाटी दोसरा पुस्तामी साद्दे रे जोगाउने काम अ¥या छ । काजबार नैआउना हुन त पुस्ताँैदेखी पाक्दै आया कतिप लोकपरिकार हराइपर जाइजानाहुन् । काजबारमी गाउँका हुने, आफना घरपरिवारा मान्छे, इस्टमित्र एकै ठौर बसिपर खाने, कुरडी अद्दे जो चलन छ, तिन्ने आपसी सम्बन्ध, मायाप्रेम, एकता बलिय बनाउन्छ ।
हामले खाने खाना रे हमरा रोस्से पाक्दे भोजनो सम्बन्ध हामरा धर्मसंस्कृती सङ्ङ छ, हमरा भुगोल रे माटी सङ्ङ छ । हाम बस्ते वरीपरीको प्रकृति रे भुगोलले हामरो खानो निर्धारण अद्दछ ।
हामरो सामाजिक, आर्थिक रे सांस्कृतिक संरचनाले हामरो खानो निर्धारण अद्दछ ।
हामले खाने खानो हमरो परिचय हो । हमरो स्वास्थ्य लै हो । खाना संस्कृतीले कोइ लै समाजो परिचय दिन्छ । तेइ समाजलाई पछेनाउन्छ । तेइ समाजो स्वास्थ्य निर्धारण अद्दछ ।
डोटेली लोकपरिकार निसौसे, माणा, हेलुव, माल्पुव, खजुरा, डुप्का, बटुक, बुक्को, खिर, झ्याउँको, मङ्ङेरी, लाउनबाबर, बाडी, तिउन इत्यादि हुन् ।
डोटेली खाना संस्कारलाई हेद्दाखेरी माणा लै एक महत्वपूर्ण लोकपरिकार हो । सामान्य दिनो पोटलीदेखि काजबारा दिनो मुख्य खानो माणा हुन्छ । घर आया पाउनालाई स्वागत सत्कार अद्द रे मरिज्यात राख्दखीलाइ देखि लिएर बनबेत जान्तिक पोटलीका रुपमी माणा पकाउने रे खाने प्रचलन छ ।
लोकपरिकारले लोकसंस्कृतीलाई झल्काउन्छ । डोटेली जीवनशैलीलाई पछेनाउने एक महत्वपूर्ण भोजन परिकार माणा हो । सुदूरपश्चिमेली काजबार बिसौँ, ओल्के, डिकरा, बुडिपोल्ली, दशैँ, दुत्य, पन्द्रै रात (पुसे पन्द्र), नरहरी (माघी), होरीमी पकाइने न्यान्याराइ परिकारमी माणा लै महत्वपूर्ण लोकपरिकार हो । पोटलीका रुपमी लै माणा खुब खाइन्छ । माणा निखलै लै खाइसक्किने हुनाले काँइ दुर दुरो यात्रा अद्दुपड्डे भैपर बाटाम्भो पोटलीखिलाइ माणा लैजाने प्रचलन छ । कातिका मैना गडा बानिबुन्तिक लै पोटली माणा खाने प्रचलन छ । मौसिरा मैना घर छया दिन हौ कि, दरुवँ कटाइ रे बोकाइका दिन हौ, पोटलीका रुपमी माणा ख्वाइन्छ । पर्सो बोकाइका दिन रे कयाँर कटाइका दिन लै पोटली माणा खाने चलन छ ।
डोटेली सामाजिक सांस्कृतीक संस्कार रे कर्म न्वारन, भातचखाँइ, बर्तिमन, ब्या, कथामि लै माणा पकाउने प्रचलन छ । काँइ तिर्थबर्त अद्द गयादिन बाटाम्भो खानलाइ चोखो परिकारो रुपमी माणा लैजानाहान् ।
माणा प्रकार
पकाउने तरिका÷विधि रे पकाउन्तिक लाग्दे बस्तु÷सामाना आधारमी माणालाई न्यान्याराइ नाउँले पछेन्निन्छ । फौने माणा, ताले माणा, तौडे माणा, झुनमुने माणा, गुबे माणा, कोद्या माणा, गौँका माणा केइ चल्या नाउँ हुन् ।
फौने-फाउने माणा
घट्ट या मिल पिस्या चामला धुलाइनो दै, घी, चिनी या गुड हालिपर खुब फाइन्छ । फाइया पिठो तौवमी पकाइन्छ । भिजाया चामल ओखल÷ढिक्की कुटिपर या सिलौटामी पिसिपर लै पिठो बनाउने चलन पहाडतिर धेक्द सकिन्छ । खासअरिपर कैलेइ अपरझट (कुटीपिसीको तार नभया दिन) चामला माणा पकाउनु पड्डे भे चामल भिजाइपर पिठो बनाइन्छ । पिठो खुब फाइपर पकाउने हुनाले फौने माणा भनिया हुनसकन्छ । फौने माणालाई चोखो परिकार मानिन्छ । तेइ हुनाले काँइ ब्याबटोल केदारी पुजारी, भितर रोस्से खानेइ स्वाहानी बैकानलाई फौने माणा पकाइपर ख्वाउने प्रचलन छ । डोटेली काजबारमी रे घर पाउना आया दिन स्वागत सत्कार अद्द मीठो भोजन परिकारा रुपमी फौने माणा पकाउने प्रचलन छ । अचेल भने खाने मन लाग्या दिन काजबार रे पाउना आउन नैपड्डो । बसाइँसराइ रे सामाजिक सन्जालमी प्रचारप्रसार भया हुनाले अचेल होटेल, रेस्टुरेन्ट सबै ठौर फौने माणा पाउन सकिन्छ । सहरबजारमी हुने मेला महोत्सवमी लै फौने माणा पाइन्लाग्गे । चामला धुला सट्टा गौँको धुलो लै हालिपर फौने माणा पकाउन सकिन्छ ।
ताले माणा
चामला धुलाइनो आवश्यक मात्रामी पानी मिसाइपर पिठो (लेदो) बनाइन्छ । तेइ पिठालाई तौवमी रोटा पकाया जसेरी पकाइन्छ । रोटामी एकै तला हुन्छ भने ताले माणामी दुई या तीन तला हुनाहान् । पैल्लीका तलामी घी या तेल लाइपर पिठो खन्याइन्छ । गुल्ले बनाउने भे घि सङ्ङै चिनी या गुड लै लाउन सकिन्छ । इसै अरिपर तेसरो तलो लै हाल्ल सकिन्छ । ताले माणा अचेल माल पहाड सबै ठौरा मान्छ पकाउनाहान् । झिक्क मिहिनेत लै नलाग्दे, सामान लै झिक्क नलाग्दे हुनाले पोटलीका रुपमी ताले माणा खुब खाने अद्दाहान् ।
तौडे माणा
बन पाइने तौड हालिपर पकाया माणालाइ तौडे माणा भन्नाहान् । बनहै कोरिपर लेया बनतौडलाई पखालपुखुल अरिपर सिलौटामी पिस्ताहान् या ढिक्किनो कुट्टाहान् । तेइलाई चामला पिठाइनो हालिपर फाउनाहान् । तौडलाइ फौने माणाइणो लै हाल्ल सकियो, तले माणाम्भो लै लाउन सकियो । तौड हालिपर पकाया माणा फसाउँ फसाउँ अद्दा खुब स्वादी हुनाहान् । पहाड बनतौड मिल्ले हुनाले तौडे माणा पकाउनाहान् । माल या सहरबजारमी ताजा बनतौड नमिल्ल सक्दाहान् ।
झुनमुने माणा
चामला धुलाइनो पानी हालिपर ¥यालिन्छ । फाइपर पातलो पिठो बनाइन्छ । फौने माणा पकाया जसेरी पातलो अरिपर झुनमुने माणा पकाइन्छ । यो जाले रुमाल जसो पातलो हुन्छ । एक माणा एकै गास हुन्छ ।
गुबे माणा
ताले माणाम्भो मसिउटो (मास भिजाइपर पिस्या लेदो) लाइपर पकाया माणालाइ गुबे माणा भन्नाहान् । ताले माणा पकायै हो गुबे माणा लै । खानो रे पोटलीका रुपमी गुबे माणा खान सकिन्छ।
कोद्या माणा
कोद्या धुलाबाटी बन्ने माणालाइ कोद्या माणा भन्नाहान् । कोद्या धुलाइनो पानी हालिपर ¥याल्लाहान् । कोद्या माणा फौने माणा पकाया जसेरी पकाइन्छ ।
माणालाइ मिठा बनाउन अचेल नङ्ङे नङ्ङे चलन आयाछन् । होटल देखि रेस्टुरेन्टसम्म, जाँत ब¥याँत देखि महोत्सवसम्म माणा पाक्दलाछन् । माणा पारखी लै बड्डैजान्लाछन् । अब यो डोटेलीको मात्र लोकपरिकार नै रयो, सौँताइ देशभरी यैको प्रचारप्रसार रे उपभोग हुन्लाग्ग्यो । बजारा पत्रु खानालाइ माणाले बिस्थापित अद्दलाग्याछ ।




