डडेल्धुरा: डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको पर्शुराम नगरपालिका-९ कुयापानीस्थित जोगबुढा-दैजी सडकखण्डमा बुधबार साँझ ६:३० बजे जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक पर्शुराम नगरपालिका-१२ पन्तुरा निवासी २७ वर्षीय नबिन साउद र पछाडि सवार सोही स्थानका ३५ वर्षीय मान जाग्री गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक पर्शुराम नगरपालिका-९ सतघाट निवासी ३२ वर्षीय सुरेश भट्ट फरार रहेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





