कुलिङ पिरियडमा भएको छेडखानीमा एमालेले म्याउँ गरि नै हाल्यो: अध्यक्ष प्रचण्ड (भिडियोसहित)

Picture of API Online Khabar

API Online Khabar

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई वर्षे ‘कुलिङ अफ पिरियडमा’ भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर, अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो’ प्रचण्डले भने, ‘तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउँ गरि छाड्यो भने जस्तै एमालेले म्याउँ गरि नै हाल्यो।’

प्रचण्डले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाए । ‘एमाले को नियत नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने। त्यसकारण मैले भनेको छु यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्दछ,’ उनले स्पष्ट पारे।

उनले संसदीय छानबिन समितिलाई समेत यस विषयमा गम्भीर रुपमा लिन आग्रह गर्दै अनुसन्धानको दायरामा प्रधानमन्त्रीसमेत पर्नुपर्ने बताएका छन्। ूशंकाको सुई पहिलेदेखि प्रधानमन्त्रीतिर थियो, तर ठोस प्रमाण थिएन। अहिले एमाले सांसदहरूका गतिविधिबाट यो पार्टी र यसको नेतृत्वकै नियतका कारण भएको पुष्टि भएको छ, प्रचण्डले दाबी गरे।

उनले छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्ने तर्क गरे । ‘छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनु पर्छ भनेर हामीले भनेका छौं। हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनु भएको छ।’

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

ताजा समाचार